आर्थीकसंसार संवाददाता१३ जेठ, २०८२
१३ जेठ, २०८२काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको पौने ५ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरु शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्था बिक्री खुला गरिने कम्पनीले जनाएको छ।