
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो ।
विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो ।
पछिल्लो १० वर्षमा छैटौं पटक बैंकहरुतर्फ उच्च कर भुक्तानीमा पर्न सफल भएको नबिल बैकले व्यापार प्रवद्र्धन, रोजगारी सिर्जना र कर भुक्तानीमार्फत समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट सरकारलाई योगदान पुर्याएकोमा गर्व महसुस गरेको जनाएको छ ।
बैंक नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पुँजीको १ दशलमव १६ गुणा बढी हो ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८९ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।