

काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८१/८२को तेस्रो त्रैमासमा खुद नाफा २०.६० प्रतिशत घटेर ९६ करोड १८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २१ करोड १४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा २८.३४ प्रतिशत घटेर १ अर्ब ३३ करोड ४१ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी १४.८९ प्रतिशत बढेर ५ अर्ब ९७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७५९.५६ प्रतिशत बढेर १६ करोड २६ लाख २१ हजार रुपैयाँ रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ करोड ८९ लाख १९ हजार रुपैयाँ थियो ।
फागुनसम्म बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ र जगेडा कोष १२.८३ प्रतिशत बढेर ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ५.१३ प्रतिशत बढेर १ खर्ब ९८ अर्ब ९४ करोड ६० लाख रुपैयाँ र कर्जा लगानी ९.४० प्रतिशत बढेर १ खर्ब ६७ अर्ब ७६ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २.६९ रुपैयाँ घटेर ८.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.७१ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ३.७६ प्रतिशत थियो ।