News Portal

  • वार्षिकोत्सवमा सिटिजन्स बैंकको सेवा : घरबारविहीनलाई १८ दिन भोजन, सातै प्रदेशमा स्वास्थ्य सेवा

    आर्थीकसंसार संवाददाता५ बैशाख, २०८२
    ८ पटक
    ५ बैशाख, २०८२

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन र मानसिक सन्तुलन गुमाएका सडक आश्रित व्यक्तिहरूलाई १८ दिनसम्म भोजन वितरण गरेको छ । चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिन चलाइएको यस अभियानमा काठमाडौंका विभिन्न स्थानमा आश्रय लिएका करिब १ हजार ९०० जनाले लाभ प्राप्त गरेका छन् ।

    भोटु:इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा सञ्चालन गरिएको भोजन कार्यक्रम जोरपाटी, चाबहिल, बौद्ध, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल र गौशालालगायत क्षेत्रहरूमा केन्द्रित थियो । नदी किनार, सडक छेउ र पुलमुनि वस्ने घरबारविहीन व्यक्तिहरूलाई लक्षित गरी दैनिक भोजन वितरण गरिएको बैंकले जनाएको छ ।

    यसै क्रममा, बैंकले चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म सातै प्रदेशका विभिन्न स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गर्यो । शिविरहरू कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जीतपुर र हस्पिटल लाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु, र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा आयोजित भएका थिए । ती शिविरहरूबाट करिब १,७०० जना बिरामीहरूले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।

    बैंकले आफ्नो प्रत्येक वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्वका माध्यमबाट बैंकले आगामी दिनहरूमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

    प्रतिकृया दिनुहोस्