News Portal

  • वर्षमा एक पटक केवाइसी भर्नुपर्ने

    आर्थीकसंसार संवाददाता१५ जेठ, २०८२
    १२ पटक
    १५ जेठ, २०८२

    काठमाडौं । वर्षमा एक पटक केवाइसी भर्नुपर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्बन्धित व्यक्तिले वर्षमा एकपटक एक ठाउँमा केवाईसी विवरण भर्नुपर्ने बताए ।

    साथै उक्त केवाइसी विवरणलाई राष्ट्रिय परिचय पत्रमा अद्यावधिक गरिने व्यवस्था मिलाइने उनको भनाइ छ । केवाईसी विवरण आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइने उनले बताए ।

    प्रतिकृया दिनुहोस्