News Portal

  • लक्ष्मी सनराइज बैंकले घटायो ब्याजदर, आधार दर ७.९३ प्रतिशतमा झर्याे

    आर्थीकसंसार संवाददाता२ मंसिर, २०८१
    ११२ पटक
    २ मंसिर, २०८१

    काठमाडौं । लक्ष्मी सनराइज बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

    बैंकले मंसिरमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.५० प्रतिशत, संस्थागततर्फ ४.५० प्रतिशत र रेमिट्यान्स खातामा भने ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ५ प्रतिशत र रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

    बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ६ प्रतिशत ब्याजदर तोकेको छ ।

    बैंकको आधार ८.१७ प्रतिशतबाट घटेर मंसिरमा ७.९३ प्रतिशतमा झरेको छ । बैंकको स्प्रेडदर भने ४ प्रतिशत छ ।

    प्रतिकृया दिनुहोस्