News Portal

  • लक्ष्मी सनराइज बैंकको नाफा १.६५ अर्ब रुपैयाँ, यस्ता छन् अन्य सूचक

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८२
    ११ पटक
    ७ बैशाख, २०८२

    काठमाडौं । लक्ष्मी सनराइज (एलएस) बैंकको चालु आर्थिक वर्ष २०८१÷८२को तेस्रो त्रैमासमा खुद नाफा २.२४ प्रतिशत १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

    चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ७.३१ प्रतिशत घटेर ७ अर्ब ८९ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा १३.३४ प्रतिशत बढेर २ अर्ब ५२ करोड ९३ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी २.०८ प्रतिशत घटेर १० अर्ब २४ करोड ५० लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ७७ करोड २७ लाख रहेको छ । गत वर्षको फागुनमा बैंकको यस्तो नाफा १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक थियो ।

    फागुनसम्म बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ र जगेडा कोष १०.५६ प्रतिशत बढेर १७ अर्ब ७६ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

    चालु आवको ९ महिनासम्ममा बैंकको निक्षेप संकलन ४.६४ प्रतिशतश बढेर ३ खर्ब ४४ अर्ब २० करोड ३० लाख रुपैयाँ र कर्जा लगानी ११.५८ प्रतिशत बढेर २ खर्ब ७६ अर्ब ४ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको प्रतिसेयर आम्दानी ९.०५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७६.१६ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ५.८६ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ५.४९ प्रतिशत थियो ।

    प्रतिकृया दिनुहोस्

    C:UsersDELLDesktopad baides