News Portal

  • रेसुङ्गाका विद्यार्थीहरूलाई बीमासम्बन्धी सचेतना

    आर्थीकसंसार संवाददाता२० चैत्र, २०७८
    ८९३ पटक
    २० चैत्र, २०७८

    गुल्मी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रम अन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । सिद्धवावा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टु का १२० विद्यार्थीहरुको सहभागिता थियो।


    कम्पनीका मार्केटिङ मेनेजर यमलाल न्यौपानेले उपस्थित युवा तथा विद्यार्थीलाई बीमा सम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए। बीमा समितिले बीमा सचेतना कार्यक्रम संचालनको लागि कम्पनीलाई रौतहट, दोलखा, गुल्मी र ललितपुर जिल्ला जिम्मा दिएको कम्पनीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्