News Portal

  • रिलायबल नेपाल लाइफद्वारा घातक रोगबापत् २० लाख दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१० जेठ, २०८२
    ९ पटक
    १० जेठ, २०८२

    काठमाडाै। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले भरतपुर–३ का महेश बानियालाई घातक रोग बीमा अन्तर्गत २० लाख बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

    बानियाले २०७७ साल चैत्रमा हाकिमचोक शाखाबाट १५ वर्षे बीमा योजना खरिद गरेर तीन किस्ता बीमाशुल्क तिरेका थिए । २०८० सालमा स्वास्थ्य परीक्षण गर्दा उनको कलेजोमा समस्या देखिएकोमा उपचारका लागि काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो । त्यहाँ डाक्टरको सल्लाह बमोजिम नै गत १५ गते कलेजो प्रत्यारोपण गरिएको थियो ।

    कम्पनीले हाकिमचोक शाखामै एक कार्यक्रमको आयोजना गरेर बीमित बानियालाई दाबी भुक्तानी दिएको हो । उनलाई शाखा प्रमुख राजकुमार दाहालले चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रक्रियासम्बन्धी हल्ला निराधार सावित भएको बताए । उनले आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता  सरस्वती गौतमलाई विशेष धन्यवाद दिए ।

    उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागांई, बिष्णुकूमारी कुंवर, समिता दराई, तारा कुमाललगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्