News Portal

  • रिलायन्स लाईफको आईपिओमा दोब्बर बढी आवेदन पर्यो

    आर्थिकसंसार संवाददाता५ भदौ, २०७७
    ६३३ पटक
    ५ भदौ, २०७७

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले बिहीबारदेखि आवेदन खुल्ला गरेको आईपिओमा दोब्बरभन्दा बढी आवेदन परेको छ । कूल ५६ लाख ७० हजार कित्तामा आवेदन माग गरेकोमा आवेदन खुल्ला गरेको दोस्रो दिनमा नै दोब्बर भन्दा बढी अर्थात एक करोड २६ लाख ७० हजार ९६० कित्ता शेयरमा आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ ।
    शुक्रबार अपरान्ह ४ः३० बजेसम्मको तथ्याङ्कअनुसार दुई लाख ९३ हजार ९२५ जना आवेदकले एक अर्ब २६ करोड७० लाख ९६ हजार रुपैयाँको आवेदन दिएका छन् । कम्पनीले कूल ६३ करोड रुपैयाँ बराबरको आईपिओ जारी गरेकोमा म्यूचुअल फण्ड र कर्मचारीहरुलाई छुट्टाएर बाँकी रहेको ५६ करोड ७० लाख रुपैयाँको आईपिओ सर्वसाधारणको लागि जारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्