आर्थीकसंसार संवाददाता२२ मंसिर, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ।
केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा ल्याउँदै नीतिगत दरहरु घटाएको हो।
राष्ट्र बैंकले नीतिगत दरहरु घटाएसँगै अब बैंक ब्याजदर पनि घट्ने जानकारहरु बताउँछन्। अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।