आर्थीकसंसार संवाददाता२२ असोज, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ।
संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको थियो। जसमा १४.२५ प्रतिशतले हुन आउने ९ करोड १४ लाख ३० हजार २८० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने ४८ लाख १२ हजार १२० रुपैयाँ नगद लाभांश छन्।
अब आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।