News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले बिक्रीमा राख्यो १ अर्ब बढीको घरजग्गा

    आर्थीकसंसार संवाददाता१९ बैशाख, २०८२
    ७ पटक
    १९ बैशाख, २०८२

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब बढीको घरजग्गा (धितो) बिक्रीमा राखेको छ । बैंकले मंगतुराम समूहको नाममा रहेको १ अर्ब ४ करोड ५५ लाख ७६ हजार ९६० रुपैयाँको घरजग्गा बिक्रीमा राखेको हो ।

    बैंकको तत्कालीन शाखा कार्यालय रानी (गाभिई हाल शाखा कार्यालय विराटनगर)बाट कर्जा लिने मंगतुराम समूहलाई ऋण प्रवाह गरेको थियो । बैंकका अनुसार एओसी, टिएल, बिल्स पर्चेज, क्यास क्रेडिट, औधोगिक मालसामान, बैंक जमानत र अन्य कर्जा शिर्षकमा ९ वटा कम्पनीलाई ऋण प्रवा गरेको थियो ।

    बैंकले अन्नपुर्ण सोप एण्ड केमिकल ईण्डष्ट्रिज प्रालि, नारायण भेजिटेवल ईण्डष्ट्रिज प्रालि, गणेश प्लाष्टिक ईण्डष्ट्रिज प्रालि, जयकाली बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि, दन्तकाली प्याकेजिङ ईण्डष्ट्रिज, लक्ष्मी फुटवेयर ईण्डष्ट्रिज प्रालि, अन्नपुर्ण आईरन ईण्डष्ट्रिज प्रालि, घटस्थापना ईण्टरप्राईजेज र फुलपाती ईण्टरप्राईजेजलाई ऋण प्रवाह गरेका थियो ।

    तर, यी कम्पनीहरूले समयमा कर्जाको साँवा र ब्याज चुक्ता नगरेपछि बैंकले धितो लिलामीमा राखेको हो । बैंकले मंगतुराम समूहलाई ३५ दिनभित्र साँवा, ब्याज र अन्य दस्तुर समेत चुक्ता गरी धितो सम्पत्ति फुकुवा गरेर लैजान आग्रह गरेको छ । यदि ३५ दिनभित्र ऋणीले बक्यौता नतिरेमा धितो सम्पत्ति लिलामीमा बिक्री गर्ने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्