News Portal

  • राष्ट्रिय वाणिज्य बैंकद्वारा पोइन्ट अफ सेलको माध्यमबाट भुक्तानी सेवा सुरु

    आर्थीकसंसार संवाददाता३० असोज, २०७७
    १३६२ पटक
    ३० असोज, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशैं र तिहारलाई मध्यनजर गर्दै कात्तिक १ गतेबाट आफ्ना सम्पूर्ण शाखाहरुमार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनको लागि पोइन्ट अफ सेलको माध्यमवाट भुक्तानी सेवा सुरु गरेको छ ।
    अब देशभर रहेको विभिन्न व्यवसायहरुमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट राबा बैंककै पोइन्ट अफ सेलको माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैंया जुन कम हुन्छ, सो रकम क्यास ब्याक हुने बैंकले जनाएको छ ।
    विश्वव्यापीरुपमा फैलिएको माहामारीवाट टाढा रहनको लागि समेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुनसक्ने र यस प्रकारको प्रणालीबाट ग्राहकवर्ग, बैंकको सेवाग्राहीहरु तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस्