News Portal

  • रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक बने

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८२
    १३ पटक
    ९ बैशाख, २०८२

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् ।

    यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै पोखरेल सञ्चालक बनेका हुन् । बैंकको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको हो ।

    बैंकका कम्पनी सचिव बन्धु गौतमका अनुसार अध्यक्षमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, सर्वसाधारण सेयरधनीतर्फ लिमा अधिकारी, प्रवीण सुवेदी र स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद दाहाल छन् ।

    प्रतिकृया दिनुहोस्