News Portal

  • युनियन लाइफद्वारा चापागाईको परिवारलाई ५२ लाख ५० हजार बीमा दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२१ कार्तिक, २०७७
    २११४ पटक
    २१ कार्तिक, २०७७

    काठमाडौं । प्राचार्य नारायण शर्मा चापागाईंले युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा चार महिना अगाडि मात्र ५० लाख रुपैयाँको जीवन बीमा गरेका थिए तर केही समयपछि चापागाईंको मृत्यु भयो ।
    युनियन लाइफ न्ययोरेन्स कम्पनीले मृतक नारायणकी श्रीमती सारदा अधिकारीलाई सोही बीमा बापतको ५२ लाख ५० हजार रुपैयाँ रकम भुक्तानी गरेको कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्यले एक कार्यक्रमको आयोजना गरी उक्त रकम भुक्तानी गरेको जानकारी दिए ।
    सोही बीमा दाबी भुक्तानी कार्यक्रमको अवसरमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित पोखरा–१६ का वडा अध्यक्ष जीवन आचार्य, युनियन लाइफका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य, उपप्रमुख गणेश धमला, लामाचौर शाखा प्रमुख सूर्य चापाईंसहितको टोलीले उक्त दाबी रकम मृतक नारायणकी श्रीमती सारदा अधिकारीलाई चेक हस्तान्तरण गरेको हो । बीमा दाबी भुक्तानी कार्यक्रमको अवसरमा बोल्दै मेयर जिसीले जीवन बिमा गर्नु बचत र सुरक्षा दुवै दृष्टिले महत्वपूर्ण हुने धारणासमेत राखेका थिए ।

    प्रतिकृया दिनुहोस्