News Portal

  • युनाइटेड फाइनान्सद्वारा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थिकसंसार डटकम३० भदौ, २०७७
    १३८५ पटक
    ३० भदौ, २०७७

    काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
    फाइनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । कम्पनीले पुनरकर्जाको लागि योग्य ऋणीलाई आश्विन ५ गते सोमबारसम्म आवेदन दिन भनेको छ ।

    प्रतिकृया दिनुहोस्