आर्थीकसंसार संवाददाता२१ वैशाख, २०८१

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले पनि आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को करिब पौने २१ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। यसअघि आइएमई ग्रुपलगायतका समूहले पनि नेपाल रिमा रहेको आफ्नो स्वामित्वको शेयर बेचेर बाहिरिएका थिए।
युनाइटेड अजोडले नेपाल रिको २० लाख ७३ हजार ४४६ संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।