News Portal

  • मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा

    आर्थीकसंसार संवाददाता२२ जेठ, २०८२
    १० पटक
    २२ जेठ, २०८२

    काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल १ लाख ९ हजार ७८४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी सक्षम धिमिरेको ७६ हजार १६३ कित्ता र प्रतिमा खनालको ३३ हजार ६२१ कित्ता संस्थापक शेयर गरी सो शेयर बिक्रीमा ल्याएको हो ।

    कम्पनीले उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकेको छ। हाल यस शेयर कम्पनीका संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउने छन् ।

    सो शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

    प्रतिकृया दिनुहोस्