
काठमाडौं । मेटलाइफ नेपालले डिसेम्बर ५ मा आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि दुई दशकभन्दा बढी विश्वास, समर्पण र सेवाको सफलतालाई भव्य रुपमा मनाएको छ। यो उपलब्धिले अग्रगामी बीमा उत्पादन र समाधानमार्फत नेपाली परिवारलाई उज्ज्वल भविष्य सुरक्षित गर्न मद्दत गर्ने मेटलाइफको अटल प्रतिबद्धता झल्काउँछ।
बंगलादेश, मलेसिया, नेपाल र भियतनामका मेटलाइफ प्रमुख एलेना बुटारोभाले विशेष उत्सवको नेतृत्व गर्न काठमाडौंको भ्रमण गरेकी थिइन्। मेटलाइफका कर्मचारी र तिनका परिवारको उपस्थितिमा गत हप्ता काठमाडौंमा भव्य वार्षिक पारिवारिक कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रममा मेटलाइफका कर्मचारीको कम्पनीप्रतिको समर्पणलाई सम्मान गरिएको थियो। जसको प्रयासले कम्पनीको सफलतामा महत्वपूर्ण भूमिका खेलेको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘यो उपलब्धि हाम्रा ग्राहकले हामीमाथि राखेको विश्वास तथा हाम्रा कर्मचारी र अभिकर्ताको समर्पणको प्रमाण हो। हामीले नेपालमा २३ वर्षको वार्षिकोत्सव मनाउँदै गर्दा हामी हाम्रा ग्राहकलाई आत्मविश्वासका साथ आफ्नो भविष्य सुरक्षित गर्न सशक्त बनाउने समाधाहरु नवप्रवर्तन र वितरण गर्न प्रतिबद्ध छौं।’
२३ वर्षको सफल सञ्चालनका साथ मेटलाइफ नेपालले हजारौँ नेपालीको जीवनमा एक विश्वसनीय कम्पनीका रुपमा आफ्नो स्थानलाई पुनः पुष्टि गर्दै भरपर्दो बीमा समाधान उपलब्ध गराउने मार्गमा नेतृत्व गरिरहेको छ।