आर्थीकसंसार संवाददाता७ चैत, २०८०


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको करिब २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ९९ हजार ४७२ कित्ता शेयर बिक्रीमा राखिएको छ।
बिक्रीमा राखिएको शेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।