News Portal

  • महासंघका अध्यक्ष ढकाल र आइएमएफ-आईसीआईएफ नेपाल प्रमुखबीच भेटवार्ता, अर्थतन्त्रबारे छलफल

    आर्थीकसंसार संवाददाता२१ जेठ, २०८२
    १६ पटक
    २१ जेठ, २०८२

    काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपाल मिसन प्रमुख डा. सरावत जहानबीच भेटवार्ता भएको छ। महासंघ सचिवालय टेकुमा बुधबार भेटवार्ता भएको हो।

    भेटवार्तामा आर्थिक वर्ष २०८२-८३ को बजेट, मौद्रिक नीति, नेपालको अर्थतन्त्रको वर्तमान अवस्था र नेपाल सरकारसँगको सहकार्यका विषयमा छलफल भएको थियो।

    भेटका क्रममा अध्यक्ष ढकालले बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक शक्तिको रूपमा प्राथमिकता दिएको बताए। उनले बजेटमा महासंघका सुझाव समेटिएको उल्लेख गर्दै कार्यान्वयनमा प्रभावकारिता आवश्यक रहेको जोड दिए।

    ‘हामीले बजेटलाई सकारात्मक रुपमा लिएका छौं। बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, जुन कार्यान्वयनमा इमानदारी भए सम्भव छु’,  ढकालले भने।

    ढकालले आर्थिक विकास र समृद्धिका लागि सुशासन र नीतिगत स्थायित्व सुनिश्चित गर्न महासंघले सरकारसँग पैरवी गर्दै आइरहेको धारणा राखे।

    भेटका क्रममा डा. जहानले आर्थिक वर्ष २०८२-८३ को बजेटका सन्दर्भमा निजी क्षेत्रको धारणा र सरकारले बजेट मार्फत लिएको आर्थिक वृद्धिको लक्ष्य, मौद्रिक नीतिमा निजी क्षेत्रको अपेक्षाका लगायत नेपालको समग्र अथतन्त्रका बारेमा चासो राखेकी थिइन।

    उनले नेपाल सरकार र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबीचको सहकार्य तथा आइएमएफले सरकारसँग नयाँ सहकार्यका बारेमा छलफल गरिरहेको जानकारी दिइन।

    प्रतिकृया दिनुहोस्