
काठमाडौं । महालक्ष्मी विकास बैंकले क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको सुरु गरेको छ । ग्राहकलाई सुरक्षित तथा सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकले वित्तीय आवश्यकतालाई थप सहजीकरणका लागि क्रेडिट कार्डमा मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको हो ।
‘बाइ ह्वाट लभ, पे हाउ यू लाइक’ भन्ने योजनामा ग्राहकहरूले महालक्ष्मी क्रेडिट कार्डमार्फत खरिद गरेको सेवा वा वस्तुको मूल्यको भुक्तानी ३ महिनादेखी १२ महिनासम्म मासिक रुपमा भुक्तान गर्न सक्ने बैंकले जनाएको छ ।
नेपाल, भारत वा भुटानभित्र जुनसुकै स्थानबाट बिक्रेता, सप्लायर्स वा डिलरबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
ग्राहक आफूले खरिद गरेको बिल पेश बनेपश्चात् बैंकले सहज रुपमा कारोबारलाई मासिक किस्तामा परिवर्तन गरिदिनेछ । यसरी यस योजना अन्तर्गत मासिक किस्तामा परिवर्तन गर्दा बैंकले इएमआई प्रोसेसिङ शुल्क पनि नलाग्ने बैंकले जाएको छ ।