News Portal

  • महालक्ष्मी विकास बैंककाे ‘स्क्यान टु क्यास’ सेवा सुरु, डिजिटल भुक्तानीमा नयाँ आयाम

    आर्थीकसंसार संवाददाता२६ बैशाख, २०८२
    ६ पटक
    २६ बैशाख, २०८२

    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपालमा पहिलो पटक विकास बैंकको हैसियतमा ‘स्क्यान टु क्यास’ सेवा सुरु गरेको छ । फोन पेको सहकार्यमा सञ्चालनमा ल्याइएको यस सुविधामार्फत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर नगद निकाल्न सक्ने छन् ।

    सेवाको प्रारम्भिक चरणमा दरबारमार्ग र थापाथली शाखाबाट सुरू गरिएको यो सेवा छिट्टै देशभरका शाखाहरूमा विस्तार गरिने बैंकले जनाएको छ । यस सुविधाले परम्परागत चेक वा एटीएम कार्ड प्रयोगको झन्झट हटाउने र नगद झिक्ने प्रक्रियालाई अझ सहज र डिजिटल बनाउने विश्वास बैंकले लिएको छ ।

    डिजिटल बैंकिङ्गमा अग्रसर महालक्ष्मी विकास बैंकले यसअघि नेपाल क्लियरिङ हाउस लिमिटेडको सहकार्यमा अलिपे प्लस नेटवर्कमार्फत क्रस(बोर्डर क्यूआर भुक्तानी सेवा पनि सुरु गरिसकेको छ । यस सेवामार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायतबाट आएका पर्यटकहरूले नेपालमा नेपालपे क्यूआर स्क्यान गरी आफ्नै देशको डिजिटल वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्ने छन् ।

    ग्राहक अनुभवलाई थप सहज बनाउन बैंकले ‘महालक्ष्मी स्मार्ट साथी’ मोबाइल एप्लिकेसन पनि सार्वजनिक गरिसकेको छ । जसले डिजिटल बैंकिङ्ग सेवामा नयाँ परिष्कार ल्याएको छ ।

    प्रतिकृया दिनुहोस्