
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको छ । कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट दिने व्यवस्था गरेको हो ।
विश्वव्यापी रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण तथा नेपालको अधिकांश जिल्लाहरूमा जारी निषेधाज्ञाको कारण बीमितले बीमाशुल्क किस्ता समयमा तिर्न सकेका छैनन् । कतिपयले सार्वजनिक आवागमन बन्द भएको, बैंक शाखाहरू संचालन नभएको तथा समयमा किस्ता तिर्ने रकमको व्यवस्था हुन नसकेको कारण तिर्न असमर्थ रहेका थिए । र, बीमितहरुको यही समस्यालाई मध्यनजर गर्दै सो छुट दिएको हो । यससँगै २०७८ असार मसान्तभित्र बीमाशुल्क किस्ता तिर्ने बीमितलाई निम्न बमोजिमको बिलम्व शुल्क छुट दिने कम्पनीले जानकारी गराएको छ ।
बीमालेख व्यतित अवधि बिलम्व शुल्कमा हुने छुट
३ महिनासम्म १००५ प्रतिशत
३ महिना माथि – ६ महिनासम्म ७५ प्रतिशत
६ महिनाभन्दा माथि ५० प्रतिशत