News Portal

  • महाबौद्ध सहकारीबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको बीमा सेवा लिन सकिने

    आर्थीकसंसार संवाददाता१९ असार, २०८०
    २०१ पटक
    १९ असार, २०८०

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहिदचोक नारायणगढबीच बीमा सेवा सम्झौता भएको छ ।
    उक्त सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट नारायणी रिजनका रिजनल म्यानेजर ईश्वर विकल सापकोटा र महाबौद्ध सहकारीका तर्फबाट अध्यक्ष इश्वर प्रसाद घिमिरेले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
    कम्पनीले आफ्नो बीमा सेवालाई विस्तार गर्ने क्रममा उक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता गरेको कम्पनीले जनाएको छ । महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक प्रकाश पाण्डेले सुर्यज्योती म्यादी जीवन बीमा वा अन्य बीमालेखहरु लिन सहकारीका सदस्य, ग्राहक तथा ऋणीहरुलाई अब निकै सहज हुने बताए ।
    सम्झौता पछि महाबौद्ध बचत तथा ऋण सहकारी संस्थाका ग्राहकहरुले अब सहकारीबाटै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्ने रिजनल म्यानेजर ईश्वर विकल सापकोटाले बताए ।

    प्रतिकृया दिनुहोस्