आर्थीकसंसार संवाददाता२९ पौष, २०७७

काठमाडौं । सिद्धार्थ बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १२ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा कारोबार भएको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ४२१ रुपैयाँदेखि सुरु हुने छ ।