आर्थीकसंसार संवाददाता१९ बैशाख, २०८२

काठमाडौं । सरकारले भौतिक सम्पत्ति बीमा प्रवर्द्धन गर्दै बीमा सूचना केन्द्र कार्यान्वयनमा ल्याउने भएको छ ।
शुक्रबार राष्ट्रपति पौडेलले संयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा घोषणा गरेका हुन् ।
त्यस्तै, सार्वजनिक भएको नीत तथा कार्यक्रममार्फत राष्ट्रपति पौडेलले बीमा सेवालाई ग्रामीण तथा निम्न आय वर्गलाई बीमामा समेट्न बीमा साक्षरता कार्यक्रम सञ्चालन गरिने भएको बताएका छन् ।
आगामी नीत तथा कार्यक्रममार्फत बीमा सेवालाई सर्वसुलभ र भरपर्दो बनाइने समेत राष्ट्रपति पौडेलले बताए ।