News Portal

  • प्राइम लाइफको १५% बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

    आर्थीकसंसार संवाददाता१८ चैत्र, २०७८
    ११३० पटक
    १८ चैत्र, २०७८

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको बताएको छ ।
    हालसम्म पनि आफ्ना शेयरको प्रमाणपत्रहरु अभौतिक नगरेका शेयरधनीहरुको हकमा आफुसँग भएको शेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भएपछि मात्र सम्बन्धीत शेयरधनीको हितग्राही खातामा उल्लेखित बोनश शेयर जम्म गरिने जनाएको छ ।
    हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी रहेका शेयरधनीहरुले यस कम्पनीको शेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्ट बैंकिङ वा आफ्नो पायक पर्ने निपेक्ष सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोलि आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्