News Portal

  • प्रविधिमा आउन सक्ने चुनौतीप्रति सहज रहन बैंकरहरुलाई गभर्नरको आग्रह

    आर्थीकसंसार संवाददाता६ साउन, २०८१
    १७२ पटक
    ६ साउन, २०८१

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सूचना प्रविधिमा आउन सक्ने चुनौतीप्रति सहज रहन बैंकरहरुलाई आग्रह गरेका छन्।

    ‘क्राउडस्ट्राइक’ को सफ्टवेयर अपडेटका क्रममा गत १९ जुलाईमा विश्वव्यापी सूचना प्रविधि सञ्जालमा समस्या आएको थियो। सोही विषयमा केन्द्रित रहेर राष्ट्र बैंकमा गभर्नर अधिकारी बैंकरलगायत सरोकारवाला निकायबीच छलफल भएको छ।

    छलफलमा गभर्नर अधिकारीले उक्त समस्याले नेपालको बैंकिङ प्रणालीमा परेको असरबारे कुराकानी गरेका थिए। आगामी दिनमा आउनसक्ने चुनौतीप्रति सतकर्ता रहनुपर्ने आवश्यकता रहेको गभर्नर अधिकारीले बताए।

    प्रतिकृया दिनुहोस्