News Portal

  • प्रभु लाइफद्वारा ५० लाख मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता१८ माघ, २०७७
    १६३१ पटक
    १८ माघ, २०७७

    काठमाडौं । महोत्तरी जिल्ला हतिसर्वाका सुरेशप्रसाद यादवले प्रभु लाइफ इन्स्योरेन्स लि.सँग जीवन बीमा गर्नुभएकोमा निजको मृत्यु भई निज बिमीतकी श्रीमती अनुराधाकुमारी यादवलाई जीवन बीमा मृत्यु दाबीबापत रु. ५० लाख भुक्तानी गरिएको व्यहोरा कम्पनीले जनाएको छ । मृत्यु दाबी भुक्तानीका लागि अनुरोध भई आएकोमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी २०७७ माघ १६ गतेका दिन काठमाडौं कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दाबी भुक्तानी बापत रु. ५० लाखको बैंक चेक निजकी श्रीमती अनुराधा कुमारी यादवलाई हस्तान्तरण गरिएको कुरा कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्