News Portal

  • प्रभु महालक्ष्मी लाइफबाट ३ जना संस्थापक बाहिरिँदै

    आर्थीकसंसार संवाददाता१९ बैशाख, २०८२
    ७ पटक
    १९ बैशाख, २०८२

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तीन जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । तीन संस्थापकले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिन लागेका हुन् ।

    कम्पनीका अनुसार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ५ लाख ५० हजार कित्ता, विनिता उपाध्यायले १ लाख १० हजार कित्ता र माधव प्रसाद पन्थीले ७८ हजार ५ सय कित्ता गरी कुल कुल ७ लाख ३८ हजार ५ सय कित्ता सेयर बिक्रीमा राखेका हुन् ।

    कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र खरिद गर्नका लागि आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्