आर्थीकसंसार संवाददाता१४ जेठ, २०८२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सािधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ १५ गते बिदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुको साथै सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले आठौँ वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ । सभा अम्रपालि बैंक्वट भाटभटेनीमा विहान ११ बजे गर्ने जनाएको हो । कम्पनीको बैशाख ३० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।