आर्थीकसंसार संवाददाता१८ बैशाख, २०८२

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख ३८ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
कम्पनीको संस्थापक समूहको ७ लाख ३८ हजार ५०० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा कानुनबमोजिम भइजाने कम्पनीले स्पष्ट पारेको छ।