News Portal

  • प्रभु महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम रु. ७३ पाउँदा कुन योजनामा कति ?

    आर्थीकसंसार संवाददाता२९ चैत्र, २०८१
    ६ पटक
    २९ चैत्र, २०८१

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०८० /८१ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्यांकनसम्बन्धी बीमांकीबाट तयार गरिएको बीमांकी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट २०८१ चैत २७ गते स्वीकृत भई २०८१ असार मसान्तसम्म जारी भएका मुनाफामा सरिक हुने जीवन बीमालेखहरुमा दिने बोनसदर प्रतिहजार न्यूनतम रुपैयाँ २३ देखि ७३ रुपैयाँसम्म घोषणा गरिएको हो।

    सावधिक जीवन बीमालेख
    सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३३ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ। सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको २९ हजार ९ सय १७ वटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गन छन् ।

    सावाधिक तथा आजीवन बीमा योजना
    सावधिक तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । सावधिक जीवन बीमालेखमा ० देखि ९ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३८ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४३ रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५४ रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ७३ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको १२ सय ८६ वटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार ४३ रुपैयाँ बोनस प्राप्त गन छन् ।

    अग्रिम भुक्तानी सावाधिक
    अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा कम्पनीले न्युनतम ३५ रुपैयाँदेखि ५१ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । यस बीमालेखमा ० देखि ९ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि ३५ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि ४० रुपैया, २० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको ११ सय ६४ वटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार ४० रुपैयाँ बोनस प्राप्त गन छन् ।

    अग्रिम भुक्तानी( समुन्नति एनुअल)
    यस बीमालेखको हकमा कम्पनीले न्युनतम २३ रुपैयाँदेखि २७ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । यस बीमालेखमा ० देखि ९ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ, १० देखि १४ वर्षसम्म अवधिका लागि २३ रुपैयाँ र १५ देखि १९ वर्षसम्म अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २७ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्म अवधिको २८ सय ५८ वटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार २५ रुपैयाँ बोनस प्राप्त गन छन् ।

    महालक्ष्मी सावाधिक जीवन बीमा योजना
    यस बीमालेखको हकमा कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । यस बीमालेखमा ५ देखि १४ वर्षसम्म अवधिका लागि ४५ रुपैयाँ, १५ वर्ष अवधिका लागि ४६ रुपैयाँ र १६ देखि २४ वर्षसम्म अवधिका लागि ४६ रुपैया, २५ वर्ष अवधिको लागि ५२ रुपैयाँ र २६ वर्षभन्दा माथिका लागि पनि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ। यसमा सबैभन्दा बढी १६ देखि २४ वर्षसम्म अवधिको ११ हजार ६ सय ६२ वटा बीमालेख बिक्री भएको छ। यस अवधिमा बीमितले प्रतिहजार ४६ रुपैयाँ बोनस प्राप्त गन छन् ।

    महालक्ष्मी सरल जीवन बीमा योजना
    यस योजनामा ५ देखि १४ वर्ष अवधिको लागि ५२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५५ रुपैयाँ र १६ वर्षभन्दा माथिको लागि ५५ रुपैयाँ कायम गरिएको छ ।

    महालक्ष्मी हेरचाह बीमा
    यस योजनामा ५ देखि १४ वर्ष अवधिको लागि ५० रुपैयाँ, १५ वर्ष अवधिको लागि ५१ रुपैयाँर १६ वर्षभन्दा माथिको लागि पनि ५१ रुपैयाँ कायम गरिएको छ ।

    महालक्ष्मी बाल बचत बीमा
    यस योजनामा ५ देखि १४ वर्ष अवधिको लागि ३२ रुपैयाँ, १५ वर्ष अवधिको लागि ३५ रुपैयाँ १६ देखि १९ वर्षको लागि ३५ पैयाँ, २० देखि २१ वर्षको लागि ३९ रुपैयाँ र २२ वर्षभन्दा माथिको माथिको लागि ३९ रुपैयाँ कायम गरिएको छ ।

    त्यसैगरी कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमाको सबै अवधिको लागि ३५ रुपैया, महालक्ष्मी धनधान्य बीमा योजनाको सबै अवधिमा ४५ रुपैयाँ र महालक्ष्मी सावाधिक आजीवन बीमाको सबै अवधिमा ३८ रुपैयाँ बोनसदर कायम गरेको छ।

    कम्पनीले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनश दर कायम हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्