आर्थीकसंसार संवाददाता२८ भदौ, २०८१


काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब २२ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २१ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।
हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्र शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।
इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ।