News Portal

  • प्रभु बैंकले ४ अर्बको ऋणपत्र निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७८
    ५८६ पटक
    १० जेठ, २०७८

    काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि ४ अर्बको ऋणपत्र निष्काशन गर्ने भएको छ ।
    बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा प्रत्येक तीन/तीन महिनामा ब्याज भुक्तानी हुने गरी ४ अर्ब बराबरको १० वर्षे ‘प्रभु बैंक डिबेञ्चर–२०८७’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो ।
    बैंकले प्रति कित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चरले हुन आउने कुल रकम ४ अर्बमध्ये १६ लाख कित्ता डिबेन्चर अर्थात १ अर्ब ६० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाईएको समेत) सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब ४ं० करोड ऋण पुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने जनाएको छ ।
    सो ऋणपत्र खरिदका लागि छिटोमा जेठ १६ गतेसम्म आवेदन दिनु पर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ २६ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट न्युनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स रहेको छ ।

    प्रतिकृया दिनुहोस्