News Portal

  • प्रभु बैंकबाट एकैपटक १४ जना संस्थापक सेयरधनी बाहिरिँदै

    आर्थीकसंसार संवाददाता९ बैशाख, २०८२
    २६ पटक
    ९ बैशाख, २०८२

    काठमाडौं । प्रभु बैंकबाट एकैपटक १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका हुन् ।

    बैंकका अनुसार राजकुमार पोखरेलले ९९ हजार ८१९ कित्ता, कर्ण प्रसाद देवभण्डारीले १६ हजार २४७ कित्ता, सरस्वती सुव्वा देवानले ३९ हजार ९५८ कित्ता, शमा श्रेष्ठले १० हजार ८२७ कित्ता, राजेन्द्र मान सिंह वस्नेतले १६ हजार २४३ कित्ता, ऋषिराम शर्माले २४ हजार कित्ता र सम्यक उदासले ५५ हजार ७१६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    यस्तै, बैंकका संस्थापक सेयरधनी केशर बहादुर रावलले ५ हजार ९६४ कित्ता, नारायण निधि लोहनीले ८ हजार ३३१ कित्ता, कमान सिंह खड्काले १२ हजार १२२ कित्ता, विवेक अग्रवालले ९ हजार ८८२ कित्ता, बलराम चपाईले ३ हजार ५०७ कित्ता, बिष्णु लाल श्रेष्ठले १० हजार ८३० कित्ता र उत्तम लाल मल्लले १८ हजार १३३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    प्रतिकृया दिनुहोस्