
काठमाडौं । प्रभु बैंकको १२.६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २०औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस शेयर तथा ०.६३ प्रतिशत नगद लाभांश पाउने भएका छन् । १२.६३ प्रतिशत बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुजी वृद्धि भई १२ अर्ब ७० करोड ८७ लाख ४ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।
वार्षिक साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, प्राप्ती तथा खरिदसम्बन्धी प्रक्रिया बढाउन, बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्ने र सोसम्बन्धी समझदारीपत्र तर्जुमा गरी प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने निर्णय पारित गरेको छ ।
देशका विभिन्न स्थानमा शाखारहित बैंकिङ्ग सेवा, ६१ वटा एक्स्टेन्सन काउण्टर कार्यालय, १८९ वटा एटिएम तथा २१५ वटा शाखा कार्यालयहरुसहित देशभर फैलिएको बैंकिङ्ग सञ्जालको माध्यमबाट १६ लाखभन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।