
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमाशुल्क, कुल बीमाशुल्क घटेको छ भने नाफा बढेको देखिएको छ ।
१ अर्ब ४४ करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ३० करोड ९२ लाख रुपैयाँ र अन्य इक्विटीमा १५ करोड ४० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा २५ करोड ६५ लाख थियो भने अन्य इक्विटीमा १० करोड ६ लाख थियो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको महाविपत्ति कोषमा ११ करोड ४४ लाख रुपैयाँ रहेको छ। स्पेसल रिर्जभमा १ अर्ब ३५ करोड रहेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीले ६७ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ९० करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन घटेको हो ।