News Portal

  • प्यान अपडेट नगरे ब्याजकर समायोजनमा समस्या, एनआईसी एशिया बैंकको ग्राहकलाई आग्रह

    आर्थीकसंसार संवाददाता१ जेठ, २०८२
    ८ पटक
    १ जेठ, २०८२

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।

     

     

    बैंकका अनुसार ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरणलाई ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजस्व विभागको स्थायी लेखा नम्बर प्रणालीसँग अनिवार्य रूपमा जोड्नुपर्ने भएकाले यस्तो आग्रह गरिएको हो ।

    ग्राहकहरूले बैंकको वेब पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याप गरेर प्यान सहजै अद्यावधिक गर्न सक्नेछन् । साथै, देशभरका जुनसुकै शाखामा गई आवश्यक कागजातसहित प्यान अपडेटको आवेदन दिन सकिने व्यवस्था पनि बैंकले गरेको छ ।

    बैंकले जानकारी गराएअनुसार प्यान अद्यावधिक भएपछि ग्राहकको तर्फबाट भएको कर कट्टी विवरण आयकर विभागको प्रणालीमा स्वचालित रूपमा समावेश हुनेछ । यसले गर्दा ग्राहकले करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र सहज रूपमा प्राप्त गर्न सक्नेछन्, र अब प्रमाणपत्र लिन बैंकमा उपस्थित हुनुपर्ने झन्झट हट्ने बैंकको विश्वास छ ।

    यदि ग्राहकले प्यान अद्यावधिक नगरेमा र इटीडीएस प्रणालीमा ब्याजकर दाखिला नभएको पाइएमा त्यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरिएको छ ।

    यसअघि नै प्यान बुझाइसकेका तर विवरण अद्यावधिक नभएको ग्राहकहरूले पनि बैंकको नजिकको शाखा वा ग्राहक सेवा केन्द्र (१६६०–०१–७७७७१, ०१–५९७०१०१) मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्