News Portal

  • पूर्वसुरक्षाकर्मी परिषद् चन्द्रागिरीको अध्यक्षमा पाण्डे निर्वाचित

    आर्थीकसंसार संवाददाता३० चैत्र, २०८१
    ९ पटक
    ३० चैत्र, २०८१

    काठमाडौं । पूर्व सुरक्षाकर्मी परिषद् चन्द्रागिरि नगरपालिका कार्य समितिको अध्यक्षमा  विक्रम पाण्डे निर्वाचित भएका छन् । समितिको चैत ३० गते सम्पन्न प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

    यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा सुब्बा थपलिया, उपाध्यक्ष डाक बहादुर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । समितिको सचिवमा दीपेन्द्र न्यौपाने, कोषाध्यक्षमा रेशम भण्डारी, सह सचिवमा सरिता पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

    समितिको सदस्यमा हिमालय खड्का, प्रकाश राज रेग्मी, शान्ति महर्जन चयन भएको वरिष्ठ उपाध्यक्ष थपलियाले जानकारी दिए ।

    विक्रम पाण्डेको अध्यक्षतामा ग्रीनल्यान्ड पार्टी प्यालेस थानकोटमा सम्पन्न भएको समितिको अधिवेशनको प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका नगर प्रमुख घनश्याम गिरी रहेका थिए ।

    साथै कार्यक्रममा विशेष अतिथि उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष नारायण प्रसाद कोइराला, नगर प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद खडकी, वडा नं ५ का अध्यक्ष राजेन्द्र महर्जन, वडा नं १३ अध्यक्ष कृष्ण केसी , वडा नं १५का अध्यक्ष घनश्याम लुइँटेल, अतिथिहरु ईश्वर लामा, केन्द्रीय उपाध्यक्ष आनन्द सिम्खडा, केन्द्रीय सचिव तथा प्रवक्ता फडिन्द्र राज घिमिरे, उपाध्यक्ष उत्तर कुमार श्रेष्ठ लगायत २ सयभन्दा बढी पूर्वसुरक्षाकर्मीहरूको भेला रहेको थियो ।

    प्रतिकृया दिनुहोस्