आर्थीकसंसार संवाददाता१८ मंसिर, २०७८

काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्रीका लागि प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
कम्पनीले ९६ लाख कित्ता शेयरको ९६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशन गर्ने छ । उक्त कम्पनीको शेयर प्रत्याभुतिकर्तासम्बन्धी सम्झौतामा शुक्रबार लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रो पावरको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् ।
कम्पनीको आईपीओ निश्काशन तथा बिक्री प्रबन्धकमा भने सानिमा क्यापिटल रहेको छ । सम्झौतापत्र आदानप्रदान कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।