News Portal

  • परम्परागत खेलकुदको संरक्षणमा एभरेष्ट बैंक, २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक

    आर्थीकसंसार संवाददाता१५ चैत्र, २०८१
    १४ पटक
    १५ चैत्र, २०८१

    काठमाडौं । एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले यस वर्षको क्यालेन्डरलाई नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा लामो समयदेखि खेलिँदै आएका ‘परम्परागत खेलकुद’ विषयवस्तुमा आधारित बनाएर तयार पारेको छ ।

    बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य द्वारा क्यालेन्डर अनावरण गरिनुका साथै कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

    नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तुहरू समेट्दै एभरेष्ट बैंकले प्रत्येक वर्ष आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्दै आएको छ ।

    बैंकले परम्परागत खेलकुदको महत्व उजागर गर्दै नेपाली पहिचान प्रवर्द्धन गर्न यो क्यालेन्डर उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्