News Portal

  • नेसनल इन्स्योरेन्सले बढायो व्यापार, साढे ९६%ले बढ्यो बीमा कोषको आकार

    आर्थीकसंसार संवाददाता३० बैशाख, २०८२
    ८ पटक
    ३० बैशाख, २०८२

    काठमाडौं । नेसनल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

    वित्तीय विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्म कम्पनीले ७२ करोड ८१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

    चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको विशेष जगेडामा १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटीमा २९ करोड ५ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ १ अर्ब ५० करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको छ।अघिल्लो वर्ष असार मसान्तसम्म विशेष जगेडामा १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ र अन्य इक्विटीमा ३३ करोड १५ लाख रुपैयाँ रहेको थियो भने रिटेन्ड अर्निङमा ८२ करोड २२ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

    समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषमा ३ अर्ब १२ करोड ४८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बीमा कोषमा १ अर्ब ५८ करोड ९९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार ९६.५३ प्रतिशतले बढेको छ।

    तेस्रो त्रैमाससम्म कम्पनीले ९० करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ५५ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ६२.४२ प्रतिशतले बढेको छ।

    कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३६ करोड ५७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क २.०३ प्रतिशतले बढेको छ।

    प्रतिकृया दिनुहोस्