
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको १० प्रतिशतका दरले ५२ करोड १२ लाख १३ हजार रुपैयाँ बोनस सेयर र ५ प्रतिशतका दरले २६ करोड ६ लाख ६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
साथै कम्पनीले बोनस सेयर र नगद लाभांशमा लाग्ने कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले ४ करोड ११ लाख ४८ हजार रुपैयाँ नगद लाभांशबाट समायोजन गरिने कम्पनी सचिव शर्मिला श्रेष्ठले जानकारी दिइन् ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिने श्रेष्ठले बताइन् ।