
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ५ गते १८औँ वार्षिक साधारण सभा गर्ने भएको छ । सभा धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने भएको हो । कम्पनीको बैशाख ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० /०८१ को बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक बर्ष २०८०/०८१ को नाफा र नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धी नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्नेछ ।
सभाले साविक मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको लेखापरिक्षकको लेखापरिक्षण प्रतिवेदन सहित मिति २०८०/ ११ /२९ गतेको वासलात, मिति २०८० श्रावण ०१ गते देखी मिति २०८० फागुन २९ गते सम्मको नाफा र नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्नेछ ।
सभाले बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षण समितिको शिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र बिजको पारिश्रमिक तोक्नेछ ।
सभाले वित्तीय संस्थाको नियमावलीमा व्यवस्था भए बमोजिम संचालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहका ३ जना र सर्वसाधारण समूहका ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा, संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने , संस्थाको प्रबन्धपत्र, नियमावली संशोधन गर्ने क्रममा नियामक निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सो बमोजिम प्रबन्धपत्र नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।