News Portal

  • नेपाल टेलिकमद्वारा गलत सूचनाको भ्रममा नपर्न अनुरोध

    आर्थीकसंसार संवाददाता१० जेठ, २०८०
    ३२३ पटक
    १० जेठ, २०८०

    काठमाडौं । केही दिनयता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न ख्बअबलअथ खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ ।
    कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

    प्रतिकृया दिनुहोस्