News Portal

  • नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७८
    १३३० पटक
    २३ मंसिर, २०७८

    काठमाडौं । नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ ।
    यस सम्झौताअन्तर्गत प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेटन् । यसै सम्बन्धमा नेपाल एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीबीच सम्झौता भएको हो । उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, सल्लाहकार छपिराज पन्त, वरिष्ठ प्रबन्धक प्रविनमुनि बज्राचार्य, TFCPC प्रमुख पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कार्यकारी व्यवस्थापक शालिकराम चापागाईंको उपस्थिति थियो ।

    प्रतिकृया दिनुहोस्