आर्थीकसंसार संवाददाता२१ मंसिर, २०८१

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक बितरण गरेको छ ।
उक्त सामाग्रीहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बसन्ती बलामी र प्रधानाध्यापक, जंग वहादुर तारामीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए ।
बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।